यू-१६ च्याम्पियन कप्तान अभिषेकको राष्ट्रिय टिमको सपना – Nagarikabhiyan : National News

यू-१६ च्याम्पियन कप्तान अभिषेकको राष्ट्रिय टिमको सपना

२७ असार, काठमाडौं-देशको प्रतिनिधित्व गरेर खेल्ने सपना बुन्दै गर्दा पढाइको झोला छुट्यो । क्रिकेट नै खेल्छु भनेर कक्षा ७ को पढाइ सक्ने बित्तिकै पढाइबाट विश्राम लिएका अभिषेक तिवारीले जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरको उमेर समूहलाई प्रतिनिधित्व गर्ने अवसर पाए ।

‘देशलाई ह्याट्रिक उपाधि दिलाउने टिमको नेतृत्व गर्न पाएँ । निकै खुसी छु, अझै माथि बढ्दै जाने हौसला यो उपाधिले थपेको छ’, अभिषेकले अनलाइनखबरसँग यू(१६ इस्ट जोन कपको उपाधि जित्दाको अनुभव सुनाए ।