पर्यटकका लागि घोडेपानीमा बन्यो लालीगुराँस पार्क – Nagarikabhiyan : National News

पर्यटकका लागि घोडेपानीमा बन्यो लालीगुराँस पार्क

म्याग्दी : पदयात्रााका लागि विश्वप्रसिद्ध अन्नपूर्णको प्रमुख गन्तव्य स्थल घोडेपानीमा लालीगुराँस उद्यान ९पार्क० निर्माण भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुन९सुशील० ले बताए।

अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस जंगलको प्रकृतिसँग रमाउने वातावरण सिर्जना गर्नका लागि पार्क निर्माण गरिएको उनको भनाइ छ।

लालीगुराँस जंगलबीचको समथर भागमा रहेको कालीसारमा अघिल्लो वर्ष साइकलिङ सडक निर्माण गरिएको थियो भने यो वर्ष बर्ड वाचिङ, हर्स राईडिङ पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको अध्यक्ष पुनले जानकारी दिए।