देवानगंज गाउँपालिकामा राहत वितरणमा विवाद – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकामा राहत वितरणमा विवाद

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिकामा राहतको विषयमा विभिन्न वडामा विवाद भएको छ । देवानगंज गाउँपालिका वडा नं १ को दास टोलमा वडा अध्यक्ष सूर्यनारायाण पालले आफूखुशी राहत वितरण गर्न खोजिएको भन्दै विवाद भएको हो ।वडा अध्यक्ष पालले आफ्नो पार्टी कार्यकर्तालाई र आफन्तलाई मात्रै राहत दिने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

नामावली संकलन गर्दा समेटिएको नामको अधारमा गाउँपालिकाले नामावाली सार्वजनिक गरेको भएपनि अहिले आएर धेरैजसोको नाम नै नभएको स्थानीय खुशिलाल दासले गुनासो गर्नुभयो । पालिकाले राहत गरिव, विपन्न, असाहय वर्गलाई दिनुपर्नेमा पहुचका आधारमाा दिएको पालको आरोप छ ।

पालले आफ्नो मनोपाली गरेको र पाउनु पर्नेलाई नदिई आफ्नै हालीमुहालि चलाएको अर्का स्थानीय दशरथ दासले गुनासो गर्नुभयो ।

यता देवानगञ्ज ३ का वडा अध्यक्ष अनिल कुमार भगतले समेत देवानगंज गाउँपालिकाले पक्षपात गरेको आरोप लगाउनुभएको छ ।

वडामा रहेका पीडितहरुको विवरण दिदाँ समेत उपेक्षा गरी आफूखुसी पालिकाले राहत वितरण गरेको गुनासो गर्नुभयो । राहतको विषयमा पालिकाले वडाको कुरालाई उपेक्षा गरेको पत्रकार सम्मेलन गरी भगतले गुनासो गर्नुभयो । वहाँले विभिन्न वडामा यो समस्या रहेको सुनाउनुभयो ।