उखु किसानद्वारा मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा
२३ कार्तिक २०७७, आईतवार १७:१८
काठमाडौं । आगामी अन्तिम सातादेखि उखु किसानहरुले फेरी आन्दोलन गर्ने घोषणा गरेका छन् ।
उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन् ।
आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।
साथै उनले किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको आरोप समेत लगाएका छन् । वर्षैपिछे आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको माग छ ।
बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहो¥याउँदै कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया