कक्षा ११ मा विद्यार्थीले कुन कलेज र कस्ता विषय लिने – Nagarikabhiyan : National News

कक्षा ११ मा विद्यार्थीले कुन कलेज र कस्ता विषय लिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा गत बिहीबार सार्वजनिक गरेसँगै यतिखेर विद्यार्थी कुन विषय पढ्ने र कुन कलेजमा पढ्ने भन्ने अन्योलमा छन्। यस्तै अन्योलमा अभिभावकहरू पनि छन्। त्यसो त अभिभावकहरू अहिले विभिन्न कलेजहरूमा बुझ्न जाने गरेका छन्।

कोही विद्यार्थी साथीहरूको संगतमा महँगो निजी कलेज छान्दा अभिभावकमाथि आर्थिक भार र चिन्ता झनै थपिएको छ। कक्षा ११ मा के विषय पढ्ने र अभिभावकहरूले कस्ता कलेज छान्ने भन्ने विषयमा भर्ना अगावै विभिन्न कुराहरूमा ध्यान दिन आवश्यक रहेको विज्ञहरू बताउँछन्।

ती कुराहरूलाई बेवास्ता गरेर भर्ना गर्दा अभिभावकहरूमाथि आर्थिक भार थपिने र विद्यार्थीहरूको भविष्य अन्धकारतर्फ जाने शिक्षाविद्हरू बताउँछन्।
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला कक्षा ११ मा भर्ना हुनुअघि मुख्यत पहिलो प्राप्तांक नतिजा, दोस्रो अभिभावकहरूको खल्ती आर्थिक अवस्था, शहरमा बसेर पढ्न सक्नेरनसक्ने यी चार सन्तुलनबाट मात्रै विषय र कलेज छान्नुपर्ने बताउँछन्।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसइईमा २२ हजार ४७५ जनाले ३।६ देखि ४ जीपीए ल्याएका छन्। ०।८ देखि १।२ जीपीए २ हजार २ सय जनाले ल्याएका छन्। १।२ देखि १।६ जीपीए ३८ हजार ७७० जनाले ल्याएका छन्।

१।६ देखि २ जीपीए ८८ हजार ४४७, २ देखि २।४ जीपीए एक लाख २ हजार २९३ जना विद्यार्थीले ल्याएका छन्। २।४ देखि २।८ जीपीए ८९ हजार ३३१ जना,२।८ देखि ३।२ जीपीए ६२ हजार ३६२ जनाले ल्याएका छन् भने ५५ हजार ६९ जनाले ३।२ देखि ३।६ जीपीए ल्याएका छन्।

‘विद्यार्थीहरूले जुन विषय पढे पनि हुन्छ, विषयसँग गराइको सम्बन्ध हुँदैन, रोजगारीसँग जोडेर पनि नपढौँ, म चाहिँ पहिला रहर जोडौँ, रोजगारी खोज्दै गरौँला भन्छु, सबै संकाय र विषय राम्रै छन्, मात्रै विद्यार्थीहरूमा रूचि चाहिन्छ, रूचिबिना हुँदैन,’ शिक्षाविद् कोइराला सुझाव दिन्छन्।