सशर्त, विशेष र समपूरक अनुदान रकम खर्च नभए असारभित्रै फिर्ता गर्न ताकेता – Nagarikabhiyan : National News

सशर्त, विशेष र समपूरक अनुदान रकम खर्च नभए असारभित्रै फिर्ता गर्न ताकेता

२० असार, काठमाडौं ।संघीय सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त, विशेष र समपूरकतर्फ खर्च नभएको बजेट ३१ असार भित्र खर्च गर्न तोकेको गरेको छ ।
संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा गएको वित्तीय हस्तान्तरणमध्ये खर्च नभएको यी तीन प्रकारको अनुदान संघीय सरकारले आर्थिक वर्ष अगाडी नै फिर्ता लिने गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहलाई पत्र लेख्दै यस्तो ताकेता गरेको हो ।खर्च नभई बाँकी गरेको यी अनुदान सम्बन्धित कार्यालयको जोरवर्ष खातामा ३१ असार भित्रै फिर्ता गरी हिसावरमिलान गर्नुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा उल्लेख छ सोही अनुसार महालेखाले बुधबार यस्तो तोकेका गरेको हो ।

फिर्ता गर्नुपर्ने रकम सोही आर्थिक वर्षमा निकासा फिर्ता नगरे सूत्र र टीएसएको खर्च र निकासा भिडान नहुने प्रावधान छ । यसले आगामी आर्थिक वर्षमा निकासा फुकुवा प्रक्रिया ढिला हुने भएकाले चालु आर्थिक वर्ष भित्रै यस्तो रकम फिर्ता गर्नुपर्ने महालेखाको भनाइ छ ।

चालु आर्थिक वर्ष भित्रै स्रोतगत रुपमा फिर्ता गर्नुपर्ने देखिएको र खर्च लेखाङ्‍कन भएका कर, धरौटी लगायत सबै कट्टी, फिर्ता तथा साट्न बाँकी चेक समेत असार मसान्तसम्म सम्बन्धित खातामा जम्मा गराउन महालेखाले भनेको छ ।