किन बढ्दैछ उच्च रक्तचापसम्बन्धी समस्या – Nagarikabhiyan : National News

किन बढ्दैछ उच्च रक्तचापसम्बन्धी समस्या

काठमाडौं : बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान तथा बढ्दो मोटोपनको समस्याका कारण नेपालमा उच्च रक्तचापका बिरामी बढेको देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलामा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप भएको पाइएको छ। तर पुरुषमा यो भिन्नता धेरै रहेको देखिएको छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।

पाँच वर्षअघि गरिएको यस्तै सर्वेक्षणमा नेपालमा महिलामा १७ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचाप पाइएको थियो। पाँच वर्षपछि हालै सार्वजनिक भएको सन् २०२२ को सर्वेक्षणमा भने महिलामा १८ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ। ुयो अनुपात सन् २०१६ र २०२२ को बीचमा स्थिर रहेको रहेको सर्वेक्षणले देखाएको छ।

‘नेपालमा, १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ एक औसत सिस्टोलिक रक्तचाप ९क्द्यए० ज्ञद्धण् mmज्न् वा सो भन्दामाथिको स्तर, औसत मष्बकतयष्अि रक्तचाप म्द्यए  स्तर ढण् mmज्न् वा सो भन्दा माथि वा हाल उनीहरू उच्च रक्तचापको औषधि लिँदैछन् । यो अनुपात सन् २०१६ र २०२२ को बीचमा स्थिर रहेको छ’, सर्वेक्षणमा भनिएको छ।

सन् २०१६ र २०२२ को बीचको अनुपात हेर्दा रक्तचापको समस्यामा स्थिर रहेको देखिए पनि सर्वेक्षणले युवा उमेरमानै रक्तचापको समस्या देखिने गरेको देखाएको छ। जसमा

उमेर अनुसार हेर्ने हो भने ३० देखि ३४ वर्ष उमेर समूहका पुरुषमा १५ प्रतिशत महिलामा ८ प्रतिशत उच्च रक्तचापको समस्या रहेको पाइएको छ। यस्तै ३५ देखि ३९ वर्षका पुरुषमा २५ र महिलामा १३ प्रतिशत रक्तचापको समस्या रहेको देखाएको छ। ४० देखि ४४ वर्षका २४ प्रतिशत र २२ प्रतिशत महिला उच्च रक्तचापको समस्या झेलिरहेका छन्। यस्तै ४५ देखि ४९ वर्षका ३७ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाले पनि उच्च रक्तचापसम्बन्धी समस्या झेलिरहेका छन भने ५० देखि ५४ वर्ष उमेर समूहका ४१ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले पनि उच्च रक्तचापसम्बन्धी समस्या झेलिरहेका छन्। यस्तै ६० देखि ६४ वर्षका ४५ प्रतिशत पुरुष र ४३ प्रतिशत पुरुषले पनि उच्च रक्तचापको उपचार गराइरहेको सर्वेक्षणले देखाएको छ।