नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध – Nagarikabhiyan : National News

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध

१६ असार, मुग्लिन ।नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

शनिबार बिहान ११स्३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिबार बिहान ३स्१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।