मृतकका परिवारलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय
४ असार २०८०, सोमबार २२:१४
देवानगंज । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
आज सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी तथा पहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।
त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णयसमेत भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया