देवानगंज बजार खालि नगराउन परेको मुदा खारेज, बजार क्षेत्र खालि गराउन बाटो खुल्यो ! – Nagarikabhiyan : National News

देवानगंज बजार खालि नगराउन परेको मुदा खारेज, बजार क्षेत्र खालि गराउन बाटो खुल्यो !

देवानगंज  । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको बजारको नाममा रहेको जग्गा खाली गर्न सुचना निकालेको थियो त्यसकै अधारमा बजार क्षेत्रका केही व्यत्तीहरुले जिल्ला अदालत सुनसरीमा मुदा दर्ता गराएको थियो र सोही मुदाको पहिलो सुनवाइमा तत्काल खालि नगराउन अदालतले आदेश दिएको थियो । सोमवार यही मुदामा सुनवाइ गर्दै जिल्ला अदालत सुनसरीले मुदा खारिज गरेको छ ।

वर्षौ देखि बजार क्षेत्रको जग्गा अतिक्रमण गरी भोग चलन गर्दै आएको छ । अव भन्ने गाउँपालिका लाई जग्गा खालि गराउन बाटो खुल्लेको छ । बजार क्षेत्रको जग्गा अतिक्रमण हुदाँ सो ठाउँमा लागदै आएको हटिया प्रभावित हुदाँ हटिया त्यहाँ बाट अन्य ठाउँमा सारिदा यहाँ व्यपार गर्दै आएका व्यापारीहरु मारमा परेका छन । यसै विषय लाई लिएर स्थानिय सरकार आलोचित हुदै आएका छन् ।

यस विषयमा गाउँ कार्यपालिका बैठक बाट थप निर्णय गर्ने र जग्गा खालि गराउने गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिनु भयो ।