सिन्धुलीमा लिचीको दाना घाँटीमा अड्किएर बालकको ज्यान गयो
१ असार २०८०, शुक्रबार ०९:४२
सिन्धुली – सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ ।
घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया