बाराको वीरेन्द्र चोकबाट भारतीय गाडी नियन्त्रणमा – Nagarikabhiyan : National News

बाराको वीरेन्द्र चोकबाट भारतीय गाडी नियन्त्रणमा

बारा – बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको गाडी ९जीप० नियन्त्रणमा लिएको छ ।
बैरियाबाट सिम्रौनगढ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको भन्सार महसुल नतिरी चलाएको गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले हिजो सोमवार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।