बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो – Nagarikabhiyan : National News

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो

देवानगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर आज दुई जना बालबालिकाको ज्यान गएको छ।

पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।