देवानगञ्जमा किसानहरुलाई सिंचाई गर्न सहजताका लागि डिप टुवेलको उद्वघाटन – Nagarikabhiyan : National News

देवानगञ्जमा किसानहरुलाई सिंचाई गर्न सहजताका लागि डिप टुवेलको उद्वघाटन

देवानगञ्ज ।  देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ मा किसानहरुलाई सिंचाई गर्न सहजताका लागि आईतबार डिप टुवेलको उद्वघाटन गरेको छ । कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले डिप टुवेलको संयुक्त रूपमा उद्वघाटन गर्नुभएको छ । जग्गा भएर पनि सिचाई अभाव झेलिरहेका किसानको माग सम्बोधन गर्नका लागि ठाउँठाउँमा डिप टुवेलको व्यवस्था गर्ने प्रदेश र स्थानीय सरकारको लक्ष्य अनुसारकै डिप टुवेलको उद्घाटन गरिएको हो ।

उद्वघाटन कार्यक्रमा वडा अध्यक्ष मनोज मण्डल, जगनरायण मेहता, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, प्रशासन शाखा प्रमुख मचिन्द्र थलङ्ग लिम्बु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

स्थानीयको मागलाई सम्बोधन गर्दै सिचाइमा फडको मार्ने क्रममा रहेको देवानगञ्ज गाउँपालिकाले जनाएको छ । स्थानीयहरुका अनुसार कृषि र सिंचाईमा पहुच विस्तार गर्न देवानगञ्ज गाउँपालिकाले सिंचाईमा फडको मार्दै आएको छ । गाउँपालिकामा जनताको भारी मतले निर्वाचित भएको एक वर्षमै बेचन प्रसाद मेहता नेतृत्वको स्थानीय सरकारले सिंचाइमा दिनप्रतिदिन फड्को मारेको छ ।

देवानगंज गाउँपालिकाले कृषि क्षेत्रमा गरि रहेको कामले स्थानिय किसानहरु खुशि भएको छ । पालिका अध्यक्ष बेचन प्रसाद मेहताको पहलमा किसानहरुको लागि सिंचाइको कामहरु धमाधम हुदाँ किसानहरु पालिका अध्यक्ष मेहता धन्यवाद व्यत्त गरेका छन ।