भारतको उत्तराखण्डमा सडक दुर्घटनामा चार जना नेपालीको ज्यान गयो
२८ जेष्ठ २०८०, आईतवार १७:२५
भारतको उत्तराखण्ड राज्यको चक्करपुरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ ।
कार र दुई वटा स्कुटर ठोकिँदा भएको दुर्घटनामा स्कुटरमा रहेका चारै जना नेपालीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा घाइते भएका उनीहरूलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको जनाइएको छ ।
दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द र उहाँकी श्रीमती ५६ वर्षीया सरस्वती चन्द, बुहारी नर्मदा चन्द र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको ज्यान गएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया