जबरजस्तीकरणी आरोपमा अधिकारकर्मी महेन्द्र मेहता गिरफ्तार – Nagarikabhiyan : National News

जबरजस्तीकरणी आरोपमा अधिकारकर्मी महेन्द्र मेहता गिरफ्तार

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवामा गैर सरकारी संस्था तराई विकास परिषद नेपाल खोलेर आफुलाई अधिकारकर्मी बताउँदैं आएका महेन्द्र प्रसाद मेहतालाई प्रहरीले बिहिवार राती गिरफतार गरेको छ ।

प्रहरीले मेहताको निवास देवानगंज गाउँपालिका ७ राजगंज सिनवारीबाट गिरफ्तार गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । मेहताले आफनो संस्थाको काम गर्ने शिलशिलामा एक जना सरकारी महिला कर्मचारीलाई

कारकापमा पारी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको थापाले बताउनुभयो । जिल्लाकै एक स्थानीय तहमा कार्यरत तीस वर्षिया महिलालाई पटक पटक बलत्कार र यौन दुब्र्यवहार समेत गरेको र वर्षदिन देखी थामथुम पार्दै आएको घटना प्रहरीको सूचनामा पुगेपछि मेहतालाई गिरफ्तार गरेको हो ।

गिरफ्तार गरिएका मेहतालाई शुक्रवार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको पीडितको स्वास्थ्य परीक्षण कार्तिक … गते इनरुवा अस्पतालमा गरिएको छ भने पीडकलाई गिरफ्तार गरी मुद्धा चलाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कमार कार्कीले जानकारी दिनुभयो ।

मेहताले यस अघि समेत बिभिन्न कार्यक्रममा सहभागी गराउने नाममा महिला तथा किशोरीहरुलाई अभद्र ब्यवहार र यौन शोषणका घटना गरेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार सुनसरीको देवानगंज, हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाका केही किशोरीलाई यौन दुब्र्यवहार गरेको र गाउँमै सामान्य छलफल गरेर मिलाएको थियो । पछिल्लो घटना समेत मिलाउने र थामथुम गर्ने प्रयास गरेपनि महिलालले आट गरेर घटना सार्वजनिक गरेपछि बल्ल प्रहरीको फन्दामा परेको बताइएको छ ।

गिरफ्तार परेका मेहताले भने आफुलाई केही तत्वले फसाउन खोजेको र प्रतिसोध साधन नाटकीय घटना सिर्जना गरेको प्रतिक्रिया दिनुभयो ।