बलाहाका मोहने कुखुरा र बाख्रा फर्ममा ब्यस्त – Nagarikabhiyan : National News

बलाहाका मोहने कुखुरा र बाख्रा फर्ममा ब्यस्त

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा ५ बलाहाका मोहन बराल अहिले कुखुरा र बाख्रा फर्ममा ब्यस्त छन् ।

१२ वर्षसम्म बैदेशिक रोजगार बाट घर फर्किनु भएका बराल बैदेशिक रोजगारमा लामो समयसम्म काम गर्दै स्वदेशमा छोराछोरी पढाउँदै , घर चलाउँदै आउनुभएका बराल बिदेश छोडेर स्वदेश फर्किएपछि रोजगारमै निरन्तरता दिन र आयआजर्न बढाउन कुखुरा पालन र बाख्रा फर्म संचालन गरेका छन् ।

कुखुरा र बाख्रा पालन संचालन गरेका बरालले तीन वर्षमा ९ लाख रुपैयाँ आम्दानी गरेको बताए । मलेसियामा चार वर्ष र साउदी अरबमा आठ वर्ष रोजगार गरेर फर्किएका बरालले बिदेशमा श्रम सीप र पसिना बेचनुभन्दा आफनै देशमा केही गर्नु पर्छ भनेर उच्च मनोवलका साथ बाख्रा र कुखुरा पालन सुरु गरेको स्थानीय मेघराज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार बरालले कुखुरा र बाख्रा पालनबाट छोराछोरीको राम्रो शिक्षा दिक्षा सँगै घरपरिवार समेत राम्रै चलाइरहेको छ । बरालले आफु बिदेशबाट फर्केपछि तीन वर्ष अघि दश माउ बाख्राबाट बाख्रा पालन र पाँचसय चल्ला राखेर कुखुरा पालन सुरु गरेको र हाल त्यसको निरन्तरतामा लागि परेको बताए  ।

बरालले आफनै पन्ध्र धुर जग्गामा बाख्रा खोर र दश धुरमा कुखुरा खोर निर्माण गरी कुखुरा बाख्रा पालन गरिरहेको सुनाए  । बराल दश माउबाट सुरु गरेको बाख्रा पालन अहिले २५ थानमा पुगेको र कुखुरा ४५ देखी ५० दिनमा उत्पादन गरी बिक्री गर्दै एकलट सकेर अर्को लट हाल्दै आम्दानी गर्दै आएको बताए । उनी कुखुरा पालनसँगै माछा पालन समेत गरेका छन् । बरालले माथि कुखुराको खोर र तल माछा पोखरी बनाएकाले माछाबाट समेत आम्दानी गरिरहेका छन् ।

बरालले उन्नत जातको बाख्रा पालन र बोइलर जातको कुखुरा पालन गर्दै आएको बताए । बाख्राको लागि आफनै घाँसखेती गरेको र कुखुराको लागि बजारबाट दाना ल्याएर खुवाउने गरेको बताए । बाख्रामा उन्नत जात बनाउन बोयर जातको बोका समेत राखेको बरालको भनाई रहेको छ । बरालले आफनै दुई छोरालाई इन्जिनियर बनाउने सपना सकार पार्न बाख्रा र कुखुराले सहयोग गरेको समेत बताए । उता सोही वडाका दर्जन भन्दाबढी युवाहरुले आफनै लगानीमा स्थानीय तथा उन्नत जातको बाख्रा र कुखुरा पालेका छन् ।
.