उदयपुर जिल्ला ‘सिल’ गर्ने प्रदेश सरकारको निर्णय – Nagarikabhiyan : National News

उदयपुर जिल्ला ‘सिल’ गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । उदयपुरमा एकैदिन ९ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर जिल्लामा आवतजावत बन्द गर्ने सिल गर्ने निर्णय भएको जानकारी दिए।

‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भयो,’ उनले भने।आज जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै उदयपुरमा मात्र २२ जना कोरोना संक्रमित भेटिएका छन्। विराट सन्देशबाट