पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु – Nagarikabhiyan : National News

पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु

२७ जेठ, सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरी नगरपालिका(१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।