बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा ! – Nagarikabhiyan : National News

बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !

दाङ – दाङको तुलसीपुरमा बन्दागोभी नबिकेपछि किसानले बारीमा बाख्रा र गोरु चराउन थालेका छन् ।
बन्दागोभी नबिकेपछि बारीमा बाख्रा र गोरु चराएको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान राजेश डाँगीले बताउनु भयो ।

भारतबाट बन्दागोभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् ।