दूध बेचेर मासिक एक करोड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान – Nagarikabhiyan : National News

दूध बेचेर मासिक एक करोड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान

मकवानपुर –हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन् ।

गौतमसहित उहाँकी श्रीमती र परिवारका अरू सदस्य बिहानको झिसमिसेदेखि राति अबेरसम्म गोठमा नै रमाउने गरेका छन् । कर्मचारी पनि उत्तिकै लागिपरेका छन् । उहाँका गोठमा अहिले १९ वटा गाई र तीन वटा भैँसी छन् । गाई पाल्नका लागि सुधारिएको गोठ पनि निर्माण गरिएको छ । प्रत्येक गाईको टाट्नुमा धाराबाट नै पानी झर्ने बनाइएको छ । आधुनिक गोठका कारण पनि गाईपालनमा निकै सहज भएको उहाँ बताउनुहुन्छ ।