बाढीले बगाउँदा एक महिलाको ज्यान गयो – Nagarikabhiyan : National News

बाढीले बगाउँदा एक महिलाको ज्यान गयो

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।

सोमवार नाङ्गे जङ्गलको खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते हुनुभएको छ । उहाँको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगाको पाखापानीमा हिजो सोमवार दिउँसो ठूलो पानी परेको थियो ।