बुद्ध एअरका पाइलट कारबाहीमा
२२ जेष्ठ २०८०, सोमबार १८:१९
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले बुद्ध एअरका एक जना पाइलटलाई कारबाही गरेको छ ।
उडानका बेला फोटो र भिडियोग्राफीलाई निषेध गर्ने नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लङ्घन गरेको भन्दै क्यानले ती पाइलटलाई अर्को सूचना नआएसम्मका लागि उडान भर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।
पाइलटको नाम र उनले कुन उडानमा फोटोरभिडियो खिचेका हुन् भन्ने विषयमा भने क्यानले खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया