पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
२२ जेष्ठ २०८०, सोमबार ०८:०३
ज्यान गुमाउनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।
घाइते ११ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाइते पाँच जनाको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनाका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया