नेपालले भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत् बेच्न कति सम्भव? – Nagarikabhiyan : National News

नेपालले भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत् बेच्न कति सम्भव?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी विषयमा दुई देशबीच समझदारी बनेको अधिकारीहरूले बताएका छन्।

भारतले आगामी १० वर्षमा नेपालबाट १०,००० मेगावाटसम्म विद्युत् आपूर्ति गर्ने समझदारी बनेको प्रधानमन्त्रीको भ्रमण दलका सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बीबीसीलाई जानकारी दिए।

अनलाइनखबरसँगको अन्तर्वार्ताका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रमणका क्रममा ऊर्जा व्यापारको विषयमा नेपाल(भारत प्रधानमन्त्री स्तरमा मुख्य ‘ब्रेक थ्रु’ भएको उल्लेख गरेका छन्।

त्यस्तै नेपालले बाङ्ग्लादेशमा ५० मेगावाटसम्म विद्युत् बिक्री गर्ने विषयमा भारत सहमत भएको, ६६९ मेगावाटको तल्लो अरुणको परियोजना विकास सम्झौता र ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् परियोजनाको समझदारी हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उत्पादन क्षमता यही आर्थिक वर्ष झन्डै ु३,००० मेगावाट पुग्नेु, के नेपाल ऊर्जा सुरक्षित हुँदै छरु
भारतलाई बिजुली बेचेर २८ दिनमै १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी आम्दानी
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा १०,००० मेगावाट विद्युत् भारतलाई आपूर्ति गर्ने समझदारीले नेपालको ऊर्जा क्षेत्रलाई बलियो बनाउने तर्क कतिपयले गरेका छन्।

अन्य केहीले भने नेपालको उत्पादन क्षमतामाथि प्रश्न उठाएको देखिन्छ।