सगरमाथा चढेका वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई गृहमन्त्रीको सम्मान – Nagarikabhiyan : National News

सगरमाथा चढेका वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई गृहमन्त्रीको सम्मान

२० जेठ, काठमाडौं उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई० पुरुषोत्तम नेपालीलाई सम्मान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीको आरोहणमा सहयोगी भूमिका निर्वाह गरेका विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाइरेक्टर मिङ्मा डेविड शेर्पालाई पनि सम्मान गरेका थिए । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आभार सहितको मन्तव्य व्यक्त गर्दै आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापविरुद्ध ऐक्यवद्ध छन् भन्ने सन्देश दिन सफल भएको चर्चा गरेका थिए ।

सोलुखुम्बु निवासी नेपाली यही जेठ २ गते बिहान सवा १० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को झण्डा सगरमाथाको चुचुरोमा फहराएका थिए । इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा उनले सगरमाथाको आरोहण गरेका हुन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले महाराजगञ्ज प्रहरी कार्यालयमा कार्यरत नेपालीलाई सगरमाथा आरोहणको सफलताको शुभकामनासहित २०७९ चैत ३० गते विदाइ गरेका थिए भने उनी २०८० वैशाख २ गते काठमाडौंबाट सगरमाथातर्फ प्रस्थान गरेका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका–२ लुक्ला घर भएका नेपाली नेपाल प्रहरीबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति हुन् । उनी नेपाली सांगीतिक क्षेत्रमा ‘पुरुषोत्तम सानु’ नामले परिचित छन् । विभिन्न गीत लेखेर उनले दर्जनौं अवार्डसमेत प्राप्त गरेका छन् । सगरमाथा चढ्ने पहिलो गीतकार पनि आफू नै भएको नेपालीको भनाइ छ ।

यसअघि वि।सं। २०३१ मा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले पहिलोपटक ६,९२० मिटर उचाइको टुकुचे हिमाल आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६,११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए ।