न्यूनतम गाडीभाडा एक रुपैयाँ सस्तो, बाग्मती प्रदेशमा यस्तो छ नयाँ भाडादर – Nagarikabhiyan : National News

न्यूनतम गाडीभाडा एक रुपैयाँ सस्तो, बाग्मती प्रदेशमा यस्तो छ नयाँ भाडादर

काठमाण्डौ  –काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ ।

पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।

बाग्मती प्रदेशभित्रको नयाँ भाडादर हेर्नुहोस् ।