पीटीआईका प्रमुख नेता कुरेशी र चीमा नजरबन्दमा
१० जेष्ठ २०८०, बुधबार १९:३४
एजेन्सीः पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआई का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ।
पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेका हुन्। उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर ९एमपीओ० को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ।
उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ। पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० का उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्यूजले जनाएको छ। पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाईपछि पुनः तुरून्त गिरफ्तार गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया