पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित – Nagarikabhiyan : National News

पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित

शहीद स्मारक ुएु डिभिजन लिग फुटबलमा पुछारमा रहेको एफसी खुमलटारले उपाधि दाबेदार सातदोबाटो युथ क्लबलाई हराएको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा खुमलटारले सातदोबाटोलाई १–० गोलले हरायो । जितपछि पनि खुमलटार २१ अङ्कसहित रेलिगेशन जोनु मै छ । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोलले नै हरायो । जितसँगै पुलिस २५ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । २६ अङ्क भएको थ्री स्टार छैटौँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ुरेलिगेशन जोनु मा परेर ुबीु डिभिजनमा घटुवा हुनेछन् ।