ए’ डिभिजन लिग स् सातदोबाटो र खुमलटार तथा थ्री स्टार र पुलिस खेल्दै
९ जेष्ठ २०८०, मंगलवार १०:१५
काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे खेल हुनेछ ।
यस्तै, एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे नै प्रतिस्पर्धा हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया