पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो
९ जेष्ठ २०८०, मंगलवार १०:०२
कास्की – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन्।
गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाण्डौ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएको हो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया