माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो
८ जेष्ठ २०८०, सोमबार २१:२८
देवानगंज – रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
लिखु तामाकोशी गाउँपालिका–२ सैपुको सिरिसेमा लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर २९ वर्षीय सुवास कार्कीको ज्यान गएको हो ।
माछा मार्न प्रयोग हुने उपकरणमा करेन्ट सर्ट हुँदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया