नीति तथा कार्यक्रममा ज्यान छ, जीवन छैन योगेश भट्टराई – Nagarikabhiyan : National News

नीति तथा कार्यक्रममा ज्यान छ, जीवन छैन योगेश भट्टराई

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारको आउँदो आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा देशको समस्या समाधानको कुनै प्रस्ताव नभएको बताउनुभएको छ ।

शुक्रवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कुनै जोस, जाँगर र सपना नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई कार्ययोजना छैन । यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोस छैन, जाँगर छैन