मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजेका लागि बोलाइने .प्रचण्ड – Nagarikabhiyan : National News

मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजेका लागि बोलाइने .प्रचण्ड

 जेठ ५काठमाण्डाै – मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज शुक्रवार बसेको बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।