धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ
५ जेष्ठ २०८०, शुक्रबार १४:३४
देवानगंज – कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। बिहीबार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया