दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गयो, २३ जना घाइते – Nagarikabhiyan : National News

दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गयो, २३ जना घाइते

दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

दाङको लमहीबाट भालुवाङका लागि छुटेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएका हुन् ।

दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारको ज्यान गएको छ । यस्तै, उहाँका दुई छोरासहित २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लमही लगिएको उहाँले बताउनु भयो ।