आगामी साताको बिहीबार बाट प्रसारणमा आउँदै ‘सक्किगोनि’ – Nagarikabhiyan : National News

आगामी साताको बिहीबार बाट प्रसारणमा आउँदै ‘सक्किगोनि’

काठमाडौंः  केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आगामी सातादेखि प्रसारणमा आउने भएको छ।

जेठ ११ गते बिहीवारबाट टेलिसिरियलको तेस्रो सिजन प्रसारणमा आउन लागेको हो। यो टेलिसिरियललाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन्। यतिबेला उनीहरू सिरियलको तयारीमा मेहनत गरिरहेका छन्। सिरियललाई राम्रो बनाउन मेहनतका साथ काम गरिरहेको अर्जुनले बताए।

तेस्रो सिजनमा राम्रा विषयवस्तु समेट्ने प्रयास आफूहरूको रहने उनले बताए। हिमालय टीभीमा बेलुका ८ बजे टेलिसिरियल प्रसारण हुनेछ। टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि ‘सक्किगोनि’लाई दर्शकले युट्युबमा हेर्न पाउनेछन्।