ट्राफिक चोकमा दिनदहाडै छुरा प्रहार – Nagarikabhiyan : National News

ट्राफिक चोकमा दिनदहाडै छुरा प्रहार

देवानगंज विराटनगर ट्राफिक चोकमा दिनदहाडै छुरा प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका– १५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको हो ।

उनलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर १२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले छुरा प्रहार गर्नेलाई पक्राउ गरेको जानकारी दिए ।

छुरा प्रहारबाट उनको हातमा चोट लागेको छ । सामान्य विवादमा बैंकबाट पैसा निकालेर निस्कने क्रममा रायमाथि छुरा प्रहार भएको उनले बताए । घाइतेको विराट नर्सिङहोममा उपचार भइरहेको छ।