मच्छिन्द्र र फ्रेन्ड्स तथा मनाङ र सङ्कटाबीचको खेल बराबरीमा सकियो
४ जेष्ठ २०८०, बिहीबार १९:४१
काठमाण्डाै –शहीद स्मारक ुएु डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । फ्रेन्ड्सका प्रकाश बुढाथोकी र राफिक अमिनुले गोल गरे भने मच्छिन्द्रका लागि दुवै गोल हाफिज ओेलावालेले गरे ।
यो बराबरीसँगै १९ खेलमा ३१ अङ्कसहित मच्छिन्द्र तालिकाको तेस्रो स्थानमा छ । उति नै खेलमा २१ अङ्क जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा क्षेत्रमै छ ।
आजै ललितपुरको च्यासल मैदानमा भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले पनि २–२ गोलकै बराबरी खेलेका छन् । मनाङका कोफी कुडोले २ गोल गरे । सङ्कटाका लागि युसेफ एट्रिस र मनिष डाँगीले १र१ गोल गरे ।
यो बराबरीसँगै मनाङ १९ खेलमा २३ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । सङ्कटा उति नै खेलमा २२ अङ्कसहित ११ औँ स्थानमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया