तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते – Nagarikabhiyan : National News

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

तनहुँ ( तनहुँको व्यास नगरपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । भालुको आक्रमणबाट व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक घाइते हुनुभएको हो ।
आज बिहान घर नजिकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा विकलाई भालुले आक्रमण गरेको हो ।

घाइते विकलाई रिस्ती स्वास्थ्य चौकीमा उपचार पछि थप उपचारका लागि दमौली अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भालुको आक्रमणबाट उहाँको दाहिने आँखाको माथिल्लो भागमा चोट लागेको छ।