सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो – Nagarikabhiyan : National News

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

सुन- सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।