लागूऔषधसहित एक युवक पक्राउ – Nagarikabhiyan : National News

लागूऔषधसहित एक युवक पक्राउ

देवानगंज जेठ २, कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ धनचैयाका २३ वर्षीय महेन्द्र बिकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोमवार बिहान ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।