एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला – Nagarikabhiyan : National News

एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला

देवानगंज जेठ २,

धनगढीको एक होटलबाट बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ। धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार युवकको शव फेला परेको हो। अन्दाजी ३८र३९ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अहिलेसम्म पहिचान खुलेको छैन्। शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।