धनगढी उपमहानगरपालिकाद्घारा मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता रद्द – Nagarikabhiyan : National News

धनगढी उपमहानगरपालिकाद्घारा मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता रद्द

धनगढीः  धनगढी उपमहानगरपालिकाले मातृभुमि संरक्षण प्रालिसंगको सम्झौता आइतबार रद्द गरेको छ।

आजआइतबार बसेको २० औं बैठकमा नियमविपरित र मनोमानी ढंगले फोहोरमैला संकलनमा रकम असुल गरेको पाइएपछि उपमहानगरपालिकाले सो सम्झौता रद्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाले नीजि–सरकारी साझेदारीमार्फत उपमहानगरपालिकाको फोहोर व्यवस्थापन कार्य अघि बढाउँदै सो संस्थालाई जिम्मेवारी दिएको थियो।

संस्थाले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाएपछि स्पष्टिकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएपछि सम्झौता रद्द गरेको उपमहानगरपालिकाका जनाएको छ।

नीजि संस्थासंग सम्झौत रद्द भएसंगै उपमहानगरपालिकाले दुई महिना सामाजिक परिचालकबाट फोहोर संकलन गराउने निर्णय गरेको नगर प्रमुख हमालले बताए।