संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने
३१ बैशाख २०८०, आईतवार १६:०३
३१ वैशाख, काठमाडौं ।संघीय संसदको संसदीय सुनुवाइ समितिमा एकीकृत समाजवादीको उपस्थिति नरहने भएको छ ।
सुरुमा संघीय संसद सचिवालयले एकीकृत समाजवादीसहित ७ दलको प्रतिनिधित्व सुनुवाई समितिमा रहने गरी प्रस्ताव ल्याएको थियो । त्यसप्रति नेकपाली कँंग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलहरु सहमत भएका थिए ।
संसद सचिवालयले सम्बन्धित दलको सांसद संख्याको आधारमा एकीकृत समाजवादीसहितको प्रतिनिधित्व रहने प्रस्ताव ल्याएको थियो । प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने १२ सदस्यका लागि उपस्थिति निर्धारण गर्दा एमालेको ३।४९ प्रतिशत र एकीकृत समाजवादीको ०।४ प्रतिशत तय भएको थियो । एमालेले ३।४९ ले चार सदस्य नपाउने र ०।४ ले एक सदस्य पाउने न्यायोचित नहुने बताउँदै आएको थियो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सुनुवाई समितिमा एमालेले प्रतिनिधिसभाबाट चार सदस्य सुनुवाई समितिमा पाउने सहमति जुटेको छ । योसंगै सुनुवाई समितिमा एमाले र कांग्रेसको सदस्य बराबर हुने भएका छन् ।
एमाले र कांग्रेसको राष्ट्रिय सभाबाट समेत गरी सुनुवाई समितिमा पाँचरपाँच सदस्य रहनेछन् । माओवादी केन्द्रको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट एकरएक जना रहनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपा का एकरएक सदस्य रहनेछन् ।
प्रमुख तीन दलका बीचमा संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया