तुलसीपुरमा ट्र्याक्टरबाट खसेर १४ वर्षीय किशोरको ज्यान गयो – Nagarikabhiyan : National News

तुलसीपुरमा ट्र्याक्टरबाट खसेर १४ वर्षीय किशोरको ज्यान गयो

दाङ –दाङको तुलसीपुरमा ट्र्याक्टरबाट खसेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ का १४ वर्षीय विनोद चौधरीकाे ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज शुक्रवार दिउँसो ज्यान गएको हो ।

तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोला जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट किशाेर गोठ्वा नजिकै खसेका प्रहरीले जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिएको र घटनापछि फरार भएका चालकको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।