श्री एकता पशुपालन सहकारी संस्था लि. को १६ औं बार्षिक साधारण सभा समपन्न – Nagarikabhiyan : National News

श्री एकता पशुपालन सहकारी संस्था लि. को १६ औं बार्षिक साधारण सभा समपन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका २ देवानगञ्ज स्थित रहेको श्री एकता पशुपालन सहकारी संस्था लि. को १६ औं बार्षिक साधारण सभा सोमबार एक भब्य कार्यक्रमको बिच समपन्न भएको छ ।

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बिधिबत रुपमा कार्यक्रमको आयोजना गरि देवानगञ्ज गाउँपालिकाको उपाअध्यक्ष कुमारी बिभा यादवको प्रमुख आतिथ्यमा सहकारीले १६ औं बार्षिक सधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका उपाअध्यक्ष यादवले सहकारीले गरेको प्रगतिको बारेमा प्रशंसा गर्नु भएको थियो । १६ औं वार्षिक साधारण सभा सम्म आइपुग्दा सहकारी व्यवस्थापक सदस्यहरु सबैको उत्तिकै मेहेनत र सहयो रहेको बताउदै सहकारीका सदस्य तथा शेयर सदस्यहरु कै कारणले गर्दा आज यो दिन सम्म आई पुग्दा पूर्ण सफलता हासिल गरेको बताए। एक थुकी सुकी सय थुकी नदी भनेजस्तै सबै सदस्य मिलेर सहकारी निरन्तर यसरी नै अगाडी बढि रहने कामना गरिन । देवानगञ्ज गाउँपालिकाको नमुना सहकारीको रुपमा रहेको एकता सहकारीले आफना शेयर सदस्यहरुको बचत कहिले डुब्न नदिने कुरामा आफु बिश्वस्त रहेको बताएकी थिईन । आफुले पालिका बाट गर्न सकिने सहयोग सदैव गरी रहने भन्दै यस सहकारी लाई प्रविधि मैत्रि बनाउन पालिकाबाट अनुदानको लागी पहल गर्ने प्रतिबद्दता समेत व्यत्त गरिन ।

कार्यक्रममा विशिष्ठ अतिथि रहेको नेपालि कांग्रेसको क्षेत्रिय सभापति श्यामलाल मेहताले ४३ लाख रुपैया नेपाल सरकार बाट अनुदान पाएका देवानगञ्जकै एक सहकारी अहिले ६ लाख घाटामा रहेको उदाहरण दिदै यस एकता सहकारीले एक रुपैया पनि अनुदान नलिइ ५ लाख बाराबरको नाफामा १६ औं बर्ष पार गर्दा समेत रहेको कुराले खुसी हुँदै संचालक समितिका पदाधीकारी लाई धन्यवाद दिएको थियो । निरण तरको प्रयासले मात्रै सम्भव भएकोले यसलाई थप पारदर्शी बानाउन थप प्रविधिको जडान गरी नमुना सहकारी बनाई अगाडी लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सधारण सभा एकता पशुपालन सहकारीका अध्यक्ष सुर्यनारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । जस्मा सहकारीका सदस्य, कर्मचारी, शेयर सदस्य लगाउत बचत कर्ता हरुको उपस्थिति रहेको थियो ।

सधारण सभामा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदन barsik partibedan याहाँ हेर्न सक्नु हुने छ ।