ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास – Nagarikabhiyan : National News

ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार ओखलढुंगाको सिद्धचरण नगरपालिका ११ मिलन चोकमा मुख्यमन्त्री कार्की सवार सवारीमाथि तोडफोड प्रयास भएको हो ।

मुख्यमन्त्री कार्की सोही नगरपालिकाको वडा नम्बर २ मा आयोजित कार्यक्रमम सहभागि हुन जाने क्रममा पहिचान पक्षधरले सवारी रोकेर प्रदर्शनमा उत्रेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डिएसपी दीपकबहादुर केसीका अनुसार मुख्यमन्त्रीको सवारीमा कुनै किसिमको क्षति भने पुगेको छैन् । भूगोलको आधारमा प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।