क्रिकेटर ललित र दिपेशलाई महानगरले नगदसहित सम्मान गर्ने – Nagarikabhiyan : National News

क्रिकेटर ललित र दिपेशलाई महानगरले नगदसहित सम्मान गर्ने

विराटनगर । क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कंडेल दुवै विराटनगर निवासी हुन् ।

नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशी र कंडेललाई महानगरले नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । त्यस्तै कंडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ ।

राजवंशी र कंडेलले क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए ।