करेन्ट लागेर देवानगञ्जमा एक महिलाको मृत्यु – Nagarikabhiyan : National News

करेन्ट लागेर देवानगञ्जमा एक महिलाको मृत्यु

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित पाँचौ सिम्मरमा एज जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै घरमा रहेको टुवेल (कल) मा बिहिबार साँझ ५ : ३० बजेको समयमा पानि भर्न गएको बेला पानी तान्ने मोटरमा लगाईएको बिधुतिय तार बाट बिधुत चुहावट भई करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानिय राजु शर्माको ३० बर्षीय श्रीमती सपना शर्मालाई करेन्ट लागे पछि उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवानगञ्जको प्रमुख इन्स्पेक्टर बद्री दाहालले जानकारी दिनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।